+
+

भ्रातृ संस्थाबारे कांग्रेसमा प्रस्ताव : भदौ १५ भित्र तदर्थ समिति, ६ महिनाभित्र अधिवेशन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १४:४९

२ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा कार्यकाल सकिएका ६ वटा भ्रातृ संगठनको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव पेश भएको छ ।

पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव राखेका हुन् ।

म्याद सकिएर तदर्थ समिति बनेको, तर समितिले पूर्णता नपाएका नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी भदौ १५ भित्र पूर्णता दिने पनि उनको प्रस्ताव छ ।

उनका अनुसार सबै भ्रातृ संस्थाहरुले आफ्नो कार्यतालिका बनाउनुपर्नेछ भने हरेक ३/३ महिना प्रथति प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?