+
+

बेइजिङमा कुटनीतिक व्यस्तता बढ्दा विदेशमन्त्री तीन सातादेखि गायब

एजेन्सी एजेन्सी
२०८० साउन २ गते १६:१५

बहुध्रुवीय विश्वको वकालत गरिएको बेइजिङ कुटनीति निकै व्यस्त छ । एशियामा आफ्नो प्रभाव थप विस्तार गर्न, युरोपेलीसँग सम्बन्ध सुमधुर बनाउन शक्तिशाली राष्ट्र अमेरिकासँगको सम्बन्ध सुधार गर्न बेइजिङको कुटनीतिक निकायहरु बस्त बनेका छन् । तर यस्तो अवस्थामा विगत तीन साता यता बेइजिङका विदेशमन्त्री क्वीन गाङ गायब छन् ।

सार्वजनिक वृत्तमा उनी कहीँ कतै देखिएका छैनन् । उनको अनुपस्थितिबारे विभिन्न अनुमान भइरहेका छन् ।

५७ वर्षका करियर कुटनीतिज्ञ उनी राष्ट्रपति सी जिनपिङका निकै विश्वासिला पात्र हुन् । त्यसैले  उनले अमेरिकाका लागि चिनियाँ राजदूत रहेका क्वीनलाई गत डिसेम्बरमा विदेशमन्त्रीको जिम्मेवारी दिएका थिए ।

विदेशमन्त्रीका रूपमा क्वीनले अमेरिकाबारे कडा टिप्पणी समेत गरेका थिए । चीनले अमेरिकी हवाइ क्षेत्रमा जासुसी बेलुन उडाएसँगै दुई मुलुकको सम्बन्ध निकै चिसिएको थियो ।

तथापि अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेन र गत महिना बेइजिङ पुग्दा क्वीनले नै समकक्षी ब्लिंकेनलाई राष्ट्रपति सीसँग भेट गर्ने वातावरण बनाइदिएका थिए । अमेरिकाप्रति कडा आलोचक उनैले सम्बन्ध सुधार्न संवादको वातावरण पनि मिलाए ।

उच्च तहका चिनियाँ कुटनीतिज्ञ क्वीनले बेइजिङमा श्रीलंका, भियतनाम र रुसका कुटनीतिज्ञसँग भेट गरेपछि जुन २५ देखि कतै नदेखिएका हुन् । उनले यसअघि रूसका उपविदेशमन्त्री आन्द्रे रुदेन्कोसँग भेट गरेका थिए । वागनर समूहले आक्रमण गरेपछि रूदेन्को त्यहाँ पुगेका थिए ।

बेइजिङको कुटनीतिक व्यस्तता बढेको समयमा क्वीन यसरी हराउनु निकै आश्चर्यको विषय भएको देङ युवेन बताउँछन् । देङ कम्युनिस्ट पार्टीले चलाउने पत्रिकाका पूर्वसम्पादक हुन् । ‘विश्वमा चीनको प्रभाव थप विस्तार गर्नुपर्ने र कुटनीतिक व्यस्तता बढेको समयमा विदेशमन्त्री सार्वजनिक वृत्तबाटै गायब हुने विषय निकै आश्चर्यजनक छ । उनी विगत २० दिनदेखि कहीँ देखा परेका छैनन्’, उनले भने ।

सार्वजनिक वृत्तमा लामो समय देखा नपरेका क्वीनबारे प्रश्न गर्दा चिनिँया विदेश मन्त्रालयकी प्रवक्ताले भनेकी छिन्, ‘चीनको कुटनीति विगतमाझैँ सामान्य रूपमा नै अघि बढिरहेको छ । क्वीनबारे कुनै पनि खबर अहिले मसँग छैन’, विदेश मन्त्रालयकी पाचौँ प्रवक्ता ह्वा चुनयिङले भनिन् ।

बेइजिङमा अमेरिकी उच्च अधिकारी जेनेट यलेन र जोन केरी पुग्दा पनि क्वीनको उपस्थिति थिएन । क्वीनले युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलसँग भेट गर्ने कार्यक्रम तय भएको थियो ।

तर चीनले संघले प्रस्ताव गरेको मितिका लागि भेटको सम्भावना नभएको जवाफ फर्काएको थियो । चीनले यो जवाफ बोरेलको भ्रमणको ठीक दुई दिनअघि ५ जुलाइमा मात्रै पठाएको थियो  ।

क्वीनले दक्षिणपूर्वी एशियाली मुलुक आशियानका विदेशमन्त्रीको वार्षिक सम्मेलनमा पनि सहभागितना जनाएनन् । उनको साटो पूर्व विदेशमन्त्री समेत रहेका वाङ यी उपस्थित भए ।

गत मंगलबार पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयले क्वीनको अनुपस्थितिबारे भन्यो, ‘स्वास्थ्य समस्याका कारण क्वीन आसियानको विदेश मन्त्रीको सम्मेलनमा उपस्थित भएनन् ।

तर यो विषय आधिकारिक वक्तव्यमा भने कहीँ कतै उल्लेख छ । संवेदनशील विषयका सवालमा चीनको विदेश मन्त्रालयले सधैँनै लिखित वक्तव्य आफ्नो वेबसाइटमा राख्ने गर्छ । विदेश मन्त्रालयको वक्तव्यले अड्कलबाजीहरु खण्डन गर्न असमर्थ छ ।

चीनको राजनीतिक प्रणालीनै पारदर्शी नभएका कारण यस्तो समस्या बेलाबखत देखापर्ने गरेको  पूर्व सम्पादक देङ बताउँछन् । ठूला निर्णयहरू बन्द कोठामा हुने र त्यसको सूचना नचुहिने परिपाटीका कारण यस्ता दृश्य बारम्बार दोहोरिने गरेको उनको भनाइ छ ।

सीको पालामा झन् राजनीतिक अपारदर्शिता बढेको कतिपय विज्ञको मत छ । उनले सम्पूर्ण शक्ति आफ्नो हातमा लिँदा यस्ता समस्या देखा परेको उनीहरूको मत छ । देङ भन्छन्, ‘अधिनायकवादी शासनमा सर्वोच्च नेताले नै सबै निर्णय लिने हुँदा त्यहाँ पारदर्शिता हुँदैन ।’

केही अप्रिय स्थितिमा उच्च तहका नेतासँग सम्बन्ध बिग्रिएको अड्कलबाजी हुने देङ बताउँछन् । क्वीनको सवालमा पनि यस्तै अड्कलबाजी भइरहेको उनको भनाइ छ । चिनियाँ कम्युनिस्ट पार्टीले भ्रष्टाचारविरूद्ध कडा नीति लिएपछि यस्तो अवस्था बारम्बार दोहोरिएका छन् ।

उनीहरूलाई अनुसन्धानका लागि गोप्य रूपमा हिरासतमा लिने काम बढेको छ । अहिले क्वीन पनि गिरफ्तारमा परेको हुनसक्ने अनुमान भइरहेको  छ ।

‘क्वीन सीकै एकल निर्णयले विदेशमन्त्री बनेका हुन् । केही समस्या क्वीनमाथि परेमा त्यसको असर सीमा पनि पर्नेछ किनभने विदेशमन्त्रीका रूपमा उनले सही व्यक्ति छनौट गर्न सकेनन्’, देङ भन्छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?