+
+

२०७८ र २०७९ सालको भुवन चैत्य बसुन्धरा पुरस्कार घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १७:१२

काठमाडौं । २०७८ र २०७९ सालका लागि भुवन चैत्य बसुन्धरा पुरस्कारको घोषणा भएको छ । नेपाली फिल्मका तीन वरिष्ठ अभिनेत्रीहरुको नामबाट स्थापित यो पुरस्कारको घोषणा मंगलबार विज्ञप्तिमार्फत गरिएको हो ।

जसअनुसार २०७८ सालको हरिश–भुवन चन्द पुरस्कार निर्देशक यादव खरेल र २०७९ सालको हरिश–भुवन चन्द पुरस्कार नीर शाहलाई प्रदान गरिने भएको छ ।

संगीतकर्मी गणेश रसिकलाई २०७८ र अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।

अभिनेत्री मिथिला शर्मालाई २०७८ र अभिनेत्री शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण–बसुन्धरा भुसाल पुरस्कार प्रदान गर्ने घोषणा भएको छ । २०७५ सालमा स्थापना भएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले नेपाली कला संस्कृति, रंगमञ्च, संगीत क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

पुरस्कारको राशी जनही ५१ हजार रुपैयाँ छ । पुरस्कारलाई साउन तेस्रो साता आयोजना गरिने समारोहमा प्रदान गरिने भुवन चैत्य बसुन्धरा फाउण्डेसनका महासचिव तथा कलाकार संघका अध्यक्ष मोहन निरौलाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?