२ साउन, काठमाडौं । अलराउण्डर दीपेन्द्र सिंह ऐरी ग्लोबल टी–२० लिग खेल्न बुधबार त्यसतर्फ जाने भएका छन् ।
भिजा प्रक्रियाका लागि भारतको नयाँ दिल्लीमा रहेका दीपेन्द्र उतैबाट बुधबार बिहान ३ः३० बजे क्यानडा प्रस्थान गर्ने भएका हुन् । मंगलबार दिउँसो भिजा आएपछि उनी बुधबार नै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
दीपेन्द्रले पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन् । उनले नेपालका पूर्व प्रशिक्षक डेव वाटमोरको प्रशिक्षणमा मोन्ट्रेल टाइगर्सबाट खेल्नेछन् ।
जुलाई २० देखि अगष्ट ६ सम्म हुने प्रतियोगितामा नेपालबाट दिपेन्द्रसँगै सन्दीप लामिछाने पनि प्रतियोगितामा भाग लिनेछन् । लामिछाने भने आज मंगलबारै त्यसतर्फ लागेका छन् ।
प्रतिक्रिया 4