+

इमर्जिङ टिम्स कपमा नेपालले आज यूएई ‘ए’सँग खेल्दै

२०८० साउन  ३ गते ७:५६ २०८० साउन ३ गते ७:५६
इमर्जिङ टिम्स कपमा नेपालले आज यूएई ‘ए’सँग खेल्दै

३ असार, काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो अन्तिम खेल आज यूएई ए विरुद्ध खेल्दैछ ।

खेल नेपाली समय अनुसार बिहान सवा १० मा पि सारा ओभल कोलोम्बोमा सुरु हुनेछ ।

समूह बी मा यसअघि नै लगातार दुई खेल हार्दै बाहिरिसकेको नेपाल र यूएई दुवै टिम यस खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छ । नेपालले सिनियर टिम खेलाउँदा यूएईले भने युवा खेलाडीहरु समेट्दै दोस्रो रोजाइको टिम खेलाएको छ ।

नेपाल र यूएई ए यसअघि पाकिस्तान ए र भारत ए सँग पराजित भएका थिए ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । यूएई भारतसँग ८ विकेट र पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो ।

आजै भारत र ए र पाकिस्तान ए बीच खेल हुनेछ । यस खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

समूह ए बाट श्रीलंका ए समूह विजेता र बंगलादेश ए समूह उपविजेता बन्दै सेमिफाइनल पुगिसकेको छ । 

इमर्जिङ टिम्स कप नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय