+
+

हनुमानढोकामा फिल्म छायांकन गर्दा विदेशीलाई ५५ हजार, नेपालीलाई कति ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १४:१७
फाइल तस्वीर

काठमाडौं । विश्व सम्पदामा सूचीकृत थलो हनुमानढोका दरबार क्षेत्रमा कथानक फिल्म छायांकन गर्न विदेशीले प्रतिदिन ५५ हजार रुपैयाँ र नेपालीले २० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ ।

चालु आर्थिक वर्ष २०८०-०८१ का लागि सम्पत्तिसम्बन्धी कर कार्यान्वयनमा ल्याउँदै महानगरले यस्तो व्यवस्था गरेको हो । महानगरले सम्पत्ति करको यस्तो व्यवस्था साउन १ गतेदेखि लागू गर्न भन्दै सबै वडालाई परिपत्र गरेको छ ।

सो क्षेत्रमा छोटो फिल्म, डकुमेन्ट्री र म्युजिक भिडियो छायांकन गर्न विदेशीले प्रतिदिन २५ हजार रुपैयाँ र स्वदेशीले १० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । विज्ञापन भिडियो छायांकनका लागि विदेशीले प्रतिदिन ६० हजार रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?