
३ साउन, बुटवल । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले शुल्क वृद्धि गरेको विरोधमा विप्लव निकट अखिल क्रान्तिकारीले सीटीईभीटी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ ।
क्रान्तिकारीले बुटवल तामनगरस्थित सीटीईभीटी प्रदेश कार्यालय प्रमुख गोपाल आचार्यको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
सीटीईभीटीले पीसीएल नर्सिङमा ३२ प्रतिशत,एचएमा २८ प्रतिशत शुल्क बृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले तत्काल शुल्क वृद्धि फिर्ताको माग गर्दै ज्ञापनपत्र समेत बुझाएको संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पुर्वी लुम्बिनी व्युरो इन्चार्ज बिष्णु बहादुर राउतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4