+
+

शिक्षामन्त्रीले नै भेटेनन् शिक्षा आयोगको प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १५:१४

३ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आफूले नभेटेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिको बैठकमा उनले आफू मन्त्री भए पछि दुई तीन पटक मागेको तर फेला नपारेको बताए ।

‘मैले मन्त्री भएपछि एक पटक होइन दुई पटक, तीन पटक मागेँ, भेटिएको छैन, दराजमा कतै मिसिङ भएको हुन सक्छ । प्राप्त भएको छैन सिस्टमबाट । खोजी भइरहेको छ’ मन्त्री राईले भने ।

०७५ मा तत्कालीन सरकारले तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा २४ सदस्यीय ‘उच्च स्तरीय शिक्षा आयोग’ गठन गरेको थियो ।  आयोगले नेपालको समग्र शिक्षासम्बन्धी खाकासहितको प्रतिवेदन ०७५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो ।

‘त्यो प्रधानमन्त्रीलाई होइन सिस्टमलाई बुझाएको हो ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयले प्रतिवेदन सुरक्षित राख्ने र शिक्षा मन्त्रालयलाई पठाउनुपर्ने हो’ मन्त्री राईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?