+
+

‘सभापतिज्यू, सरकार फेरिने बजार हल्ला व्यापक छ’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १५:३३

३ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा वर्तमान सरकार परिवर्तन हुने चिन्ता व्यक्त गरिएको छ । केन्द्रीय सदस्य सीतादेवी देवकोटाले सरकार फेरिने हल्ला व्यापक सुनेको सभापति शेरबहादुर देउवालाई सुनाइन् ।

‘लाइभमा भन्न हुन्थ्यो/हुन्थेन, थाहा छैन । सरकार फेरिने हल्ला पनि बजारमा छ । खेल सामान्य छैन । कि नेपाली कांग्रेस सकाउने कि माओवादी सकाउने खेल छ’, देवकोटाले भनिन् । भ्रष्टचारीलाई कारबाही गरेको कारणले माओवादीले कांग्रेसलाई छोड्नसक्ने चर्चा बजारमा रहेको उनले सुनाइन् ।

सभापतिलाई कमजोर बनाएर पार्टी बलियो नहुने तर्क उनले बैठकमा राखिन् । ‘सभापति व्यक्ति होइन, संस्था हो । सभापतिलाई गालि गर्ने छुट कसैलाई छैन । सभापतिलाई कमजोर बनाउँदा पार्टी कमजोर हुनसक्छ,’ देवकोटाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?