
काठमाडौं । मधुसुदन भट्टराईले निर्देशन गर्ने फिल्म ‘हामी तीन भाइ’को शीर्ष नायिकामा लक्ष्मी बर्देवा अनुबन्धित भएकी छन् । यसैगरी अर्की नायिकामा आश्मा गिरीलाई पनि अनुबन्ध गरिएको छ । लक्ष्मीको जोडी विनोद न्यौपाने हुनेछन् भने आश्माको जोडी कुशल विष्टसँग बाँधिने निर्माताले जानकारी दिएका छन् ।
जान्ह्वीको जोडी चाहिं अभिनेता फलित राईसँग जोडिएको छ । शुक्रबार मनकामना मन्दिरमा पटकथा पुस्तक पूजा गर्दै फिल्मको घोषणा गरिएको थियो । साउनदेखि छायांकन तयारीमा रहेको फिल्ममा राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा, दीपक चापागाईं, तारा शर्मा, भुवन काफ्ले, नयनफुयाँल, पवन केसीको पनि अभिनय रहनेछ ।
फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन् । साजित महत प्रस्तुतकर्ता, विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सिनेमाको सहनिर्मातामा छन् ।
प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा निर्माण हुने फिल्ममा शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र एसबी सापकोटाको संगीत रहनेछ ।
प्रतिक्रिया 4