+
+

युरोपेली आयुक्तको टिकटकका सीईओलाई आग्रहः नियम पूर्ण रूपमा पालना गर

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते २२:३७

३ साउन, ब्रसेल्स । डिजिटल बजारको रेखदेख गरिरहेका युरोपेली आयुक्तले बुधबार भिडियो सेयर गर्नका लागि प्रसिद्ध चिनियाँ सञ्जाल टिकटकलाई यूरोपेली संघ (ईयू)को नयाँ मापदण्ड अपनाउने कामलाई तीव्रता दिन आग्रह गरेका छन् ।

पारदर्शिता, तथ्याङ्क गोपनीयता, बाल संरक्षण, भ्रामक सूचना र घृणास्पद भाषणसम्बन्धी कडा नयाँ युरोपेली नियमहरू अर्को महिनाबाट लागू हुनेछन् र विशाल इन्टरनेट सेवा प्रदायकहरू यसको पालना गर्न दौडिरहेका छन् ।

सोमबार टिकटकले डब्लिनस्थित युरोपियन हेडक्वार्टरमा आफ्नो सिस्टममा ‘स्ट्रेस टेस्ट’ गरेको थियो । यसले ‘ईयू डिजिटल सर्भिसेज एक्ट’को पालना गर्न सकिन्छ कि सकिँदैन भनेर अध्ययन गरिरहेको छ ।

त्यसपछि युरोपेली आयुक्त थियरी ब्रेटनले टिकटकका प्रमुख कार्यकारी अधिकृत शो जी च्यूलाई फोन गरेर चेतावनीको स्वरमा भने, ‘अब पूर्ण रूपमा पालना गर्ने समय आएको छ ।’

गत जुन महिनामा बेलायतले अमेरिकी प्लेटफर्म ट्वीटरलाई पनि यस्तै सन्देश पठाएको थियो । उसले यस्तै तनाव परीक्षण गरेको थियो, जुन शंकास्पद सामग्रीलाई मध्यम गर्ने आफ्नै क्षमता जाँच गर्न डिजाइन गरिएको थियो ।

‘ईयू डिजिटल सर्भिसेज एक्ट’ ले नोभेम्बरमा कानूनी रूप पाएको थियो । अमेजन, एप्पल, गुगल, मेटा र माइक्रोसफ्ट जस्ता वेबका १९ ठूला कम्पनीहरूलाई कानुनी दायरामा आउन अगस्ट २५ सम्म समय दिइएको छ । एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?