+
+

सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते ११:४४

४ साउन, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ ।

बिहीबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि १८ जेठमा सुनले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको कारोबार १ लाख १३ हजार १ सय रुपैयाँमा भएको थियो ।

आज प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेको हो । आज तेजाबी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको कारोबार आज १४ सय ९५ रुपैयाँ प्रतितोलामा भइरहेको छ । बुधबार १४ सय ९० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?