+
+

कांग्रेस बैठकमा कटाक्ष : दुई महामन्त्री चरी जेलैमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १३:३३

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले विधानले सम्पूर्ण अधिकार सभापतिलाई दिएकाले दुई महामन्त्री चरी जेलैको अवस्थामा रहेको बताएका छन् ।

विधान अनुसार गर्नुपर्ने सबैजसो कार्य सभापतिको निर्णयमा भर पर्ने विधान रहेको उनले बताए । ‘महामन्त्रीलाई बबुरा देखिरहेको छु । विधानले केही काम गर्न दिने रहेनछ,’ स्नेहीले भने, ‘चरी जेलैमा जस्तो । सबै सभापतिले गर्ने विधानले भनेको रहेछ ।’

नेपाली कांग्रेसलाई भ्रष्टचारीलाई संरक्षण गर्ने दलका रुपमा बाहिर व्याख्या हुँदै आएको उनले सुनाए । आम नागरिकमा कांग्रेसप्रतिको धारणाबारे भने,‘नेपाली कांग्रेस भ्रष्टचार भन्ने वित्तिकै मुख थुन्छ, कानमा रुई हाल्छ, आँखा बन्द गर्छ भन्ने छ ।’ भ्रष्टचारको विरोधी एक हप्ते अभियान देशैभरी गर्ने गरि कार्ययोजना ल्याउन उनले आग्रह गरे ।

कांग्रेसले ८ लाख ६६ हजार क्रियाशील सदस्यका लागि मात्रै काम गरिरहेको छौं कि सबै जनताका लागि राजनीति गरिरहेका छ ? भन्‍ने  प्रश्न उठेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?