+
+

राजीव शाहीको प्रश्न : संसदीय दलको नेतामा उठ्छु भन्दा उपगुटको शिकार हुनुपर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १४:२६

४ असार, काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य राजीवविक्रम शाहले आफूलाई कर्णाली प्रदेशको संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न नदिइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बिहीबार केन्द्रीय समितिको बैठकमा शाहले लोकतान्त्रिक प्रक्रियामा जानबाट आफूलाई वञ्चित गरिएको बताए । ‘लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा गर्छु भनेर मैले चाहना राख्नु के अपराध थियो ? त्यही चाहना राखेको आधारमा उपगुटको शिकार हुनुपर्ने ? हामीले कस्तो लोकतान्त्रिक चरित्र देखाएका छौं ?’ शाहले असन्तुष्टि राखे ।

कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलको नेतामा शाहले इच्छा राखेपनि जीवनबहादुर शाही निर्विरोध चयन भएका थिए । सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का शाहीको पक्षमा देखिएपछि उनी निर्विरोध चयन भएका थिए ।

संसदीय दलको नेताको आकांक्षा राखेपछि नेतृत्व तहबाट छलफलका लागि बोलाउने अपेक्षा गरेको तर वास्ता नगरेको शाहले बताए ।

‘संसदीय दल उठ्छु भन्दा पार्टीको नेताहरुबाट कस्तो व्यवहार भयो ? यसको भागिदार कहिलेसम्म हुनुपर्ने हो ? के सजाय पाउनुपर्ने हो? जिम्मेवार नेताले गरेको यो व्यवहार कहिलेसम्म सहन पर्ने हो?’ शाहीले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?