+
+

आफू आफूमा हिलो छ्यापाछ्याप गर्दा निराशा बढयो : उदयशमसेर राणा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १६:०९

४ साउन, काठमाडौं । पार्टीभित्र एकले अर्कोले आरोप प्रत्यारोपमा लाग्दा कांग्रेस कमजोर भएको केन्द्रीय सदस्य उदयशमसेर राणाले बताएका छन् ।

पार्टीभित्रै एकले अर्कोलाई हिलो छ्याप्ने कामले पनि निराशा जगाएको पार्टी प‌ंक्तिमा निराशा आएको राणाले बताए ।

आन्तरिक विवादले आफूभित्र लड्ने भन्दा पनि अरु शक्तिसँग प्रतिस्पर्धा गर्न पार्टीभित्र तयारी हुनुपर्ने उनले बताए ।

‘शुद्धीकरण सबैलाई चाहिएको छ । शुद्धीकरणका नाममा आफूले आफूलाई गाली गरेर रुपान्तरण हुँदैन,’ राणाले भने ।

१८ वर्षदेखि ३५ वर्षका युवाहरु कांग्रेसतिर आकर्षित नभएको बैठकमा राणाले सुनाए । संसदमा कांग्रेस प्रस्तुति अन्यको तुलनामा कम भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?