+
+

कांग्रेस बैठकमा खाँणको प्रतिरक्षा : किनारा नलागेको मुद्दामा पार्टीभित्रै न्यायालय र न्यायाधीश बने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १६:२१

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले पूर्व गृहमन्त्री बालकृष्ण खाँणको प्रतिरक्षा गरेका छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा केसीले मुद्दा किनारा नलाग्दै भैलो गाउँदै हिडेको भन्दै पार्टीका नेताहरुको आलोचना गरे ।

सर्वोच्चले दोषी ठहर गरेका रेशम चौधरीलाई आम माफी दिएको उल्लेख गर्दै उनले किनारा नलागेको मुद्दामा आफ्नै नेताहरु न्यायालय र न्यायाधीश भएको बताए । ‘सर्वोच्च अदालतले दोषी ठहर गरेकालाई आम माफीले चोख्याउन मिल्ने? अदालतमा विचाराधीन रहेका मुद्दाहरुलाई किनारा नलाग्दै आफैँ न्यायालय र न्यायाधीश बनेर भैलो गाउँदै हिड्ने?’ केसीले भने ।

नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँण थुनामा छन् ।

महामन्त्री गगन थापालाई संकेत गर्दै केसीले ख्याल नगरी संसदीय दलको नेता परिवर्तनको माग उठाएको बताए । ‘एउटा व्यक्तिलाई संसदीय दलको नेता चाहियो भन्दैमा समयको ख्याल नै नगरी बेमौसमको बाजा बजाउँदै हिँड्दा जन्ती पाइन्नन् कि,’ केसीले भने ।

केसीले पार्टीको वरिष्ठ नेतामा गोपालमान श्रेष्ठलाई मनोनित गर्न सभापतिलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?