४ साउन, काठमाडौं । स्टेफ काट्लेको पेनाल्टी गोलमा आयोजक अस्ट्रेलियाले फिफा महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
आजदेखि अस्ट्रेलिया र न्युजिल्याण्डमा सुरु भएको विश्वकप अन्तर्गत समूह बी को खेलमा अस्ट्रेलियाले रिपब्लिक अफ आयरल्याण्डलाई १-० ले पराजित गरेको हो ।
सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा भएको खेलमा अस्ट्रेलियाका लागि दोस्रो हाफमा काट्लेले पेनाल्टीमार्फत निर्णायक गोल गरेकी हुन् ।
खेलको ५२औं मिनेटमा काट्लेले पेनाल्टीमा गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएकी थिइन् । त्यही अग्रता जोगाउँदै अस्ट्रेलियाले ३ अंक जोडेको हो ।
अब अस्ट्रेलियाले दोस्रो खेलमन नाइजेरिया तथा आयरल्याण्डले क्यानडासँग खेल्नेछ ।
आजै भएको उद्घाटन खेलमा न्युजिल्याण्डले पूर्व विजेता नर्वेलाई स्तब्ध पार्दै सानदार सुरुवात गरेको हो ।
प्रतिक्रिया 4