+
+

रेडी ट्रेडर्सले नै आयात गरेका थप ६ कार्टुन भन्सारमा फेला, सुन भएको आशंका

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० साउन ४ गते १९:२३

४ साउन, काठमाडौं । रेडी ट्रेडर्सले नै आयात गरेका थप ६ वटा कार्टुन विमानस्थल भन्सार गोदाममा फेला परेको छ ।

दिनभर विमानस्थल परिसरमा सुनको खोजी गरिरहेको राजस्व अनुसन्धान विभागले साँझ ती कार्टुन फेला पारेको हो । सुन आयात भएकै कम्पनीले ल्याएका ती कार्टुनभित्र सुन हुन सक्ने आशंका विभागले गरेको छ ।

अहिले सो वस्तुलाई सिलबन्दी गरेर राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाउने तयारी भइरहेको छ ।

विमानस्थल भन्सारमा खटिएका एक अधिकृतले भने, ‘रेडी ट्रेटर्सबाटै आयात भएका ६ वटा कार्टुनलाई राजस्व अनुसन्धान विभागमा पठाउँदै छौं । उता नै खोलेपछि ती वस्तुबारे थाहा हुन्छ ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?