+
+

गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते ९:०१

५ साउन, चितवन । चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर नगरपालिका वडा नं. ६ निवासी ७६ वर्षीय नवराज अधिकारीको गैंडाको आक्रमणबाट बिहिबार दिउँसो मृत्यु भएको हो ।

घाँस काट्न जंगल गएका अधिकारी रातिसम्म पनि घर नफर्किएपछि जंगलमा खोजी गर्दा आज बिहान उनको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनको शव घटनास्थलबाट भरतपुर अस्पतालमा पोर्टमार्टमका लागि ल्याउने तयारी छ ।

चालु आर्थिक वर्षमा चितवनमा जंगली जनावरबाट भएको यो पहिलो मानवीय क्षती हो । गत आर्थिक वर्षमा जंगली जनावरको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज र त्यस वरपरको क्षेत्रमा ७ जनाको मृत्यु भएको थियो ।

गत आर्थिक वर्ष गैंडाको आक्रमणबाट ३ जना, बाघको आक्रमणबाट १ जना र हात्तीको आक्रमणबाट ३ जनाले ज्यान गुमाएका थिए । त्यसभन्दा अघिल्लो वर्ष विभिन्न जंगली जनावरको आक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?