+
+

आरजुले भनिन् : महामन्त्रीको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भयो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते ११:५२

५ साउन, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भएको टिप्पणी गरेकी छन् ।

केन्द्रीय समितिको चौथो दिनको बैठकमा पहिलो वक्ताका रुपमा बोलेकी सभापति शेरबहादुर देउवा पत्नी आरजुले भनिन्, ‘राजनीतिक दस्तावेज भन्दा पनि एनजीओको ‘विसलिष्ट’ जस्तो लाग्यो । धेरै कार्यक्रम भए, यिनीहरुको उपलब्धी के हो त ? क्लियर भएन ।’

दूरगामी प्रभाव पार्ने वा देशलाई हाँक्ने योजना महामन्त्रीको प्रतिवेदनमा नदेखेको उनले बताइन् । महामन्त्रीको प्रतिवेदन राजनीति दस्तावेज पनि हुन्छ होला भनि सोचेंको तर त्यस अनुसार नआएको उनको गुनासो छ ।

नेपाली कांग्रेस एजेण्डा सेट गर्ने पार्टी भएकोले त्यस अनुुसारको प्रतिवेदन आउनुपर्ने उनको धारणा थियो । ‘राजनीति कस्तो हुने, यहाँको अर्थतन्त्र कस्तो हुने? समाज कस्तो हुने भन्ने एजेण्डा सेटिङ जहिले पनि नेपाली कांग्रेसले गरेको छ,’ बैठकमा राणाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?