+
+

हाम्रो मन्त्रीहरुको पूर्व तयारी छैन : आरजु राणा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १२:०७
फाइल तस्वीर ।

५ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य आरजु राणाले पार्टीबाट मन्त्री हुनेहरुले पूर्व तयारी नगरेको बताएकी छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा राणाले सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मन्त्रीहरुको तयारी बुझ्न पाएको बताइन् । ‘मन्त्रीहरुको पूर्व तयारी नै हुँदैन । सिक्दासिक्दै मन्त्रालय पनि गइसक्छ । उहाँले बुझेकै हुन्न् । सबै गइसक्छ । पार्टीभित्र मन्त्रालयको हरेक हरेक के हो त भनेर बुझ्न पर्‍यो,’ राणाले भनिन् ।

कांग्रेसको भोट कांग्रेसले नै काटेको उनले बैठकमा बताइन् । ‘हामीले हाम्रो भोट आफैं काटिरहेका छौं कसैले पनि हराउन सक्दैन,’ राणाले भनिन् ।

प्रत्यक्ष तर्फको उम्मेदवार बनाउँदा ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्नुपर्ने पार्टीमा उनले माग राखिन् । राणाले भनिन्, ‘समानुपातिबाट पुर्‍याएको कुरा उठेको छ । हामी महिला कामै लाग्दैन रे । उसो भए नबनाइदिनुस न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?