
काठमाडौं । गत साता रिलिज भएको नेपाली फिल्म ‘बगान’ र हलिउडको ‘मिसन इम्पोसिबल ७’ ले घरेलु बक्स अफिसमा अपेक्षाभन्दा न्यून कमाइ गरेका छन् । सँगै रिलिज भएको अर्को अंग्रेजी फिल्म ‘रेसिडेन्ट एभिल’ चाहिं दुई दिनमै हलबाट उत्रिएको थियो ।
चलचित्र विकास बोर्डको बक्स अफिस डेटाअनुसार सरोज खनालको डेब्यु निर्देशन रहेको सोसल ड्रामा ‘बगान’ले पहिलो साता (शुक्रबार-बिहीबार)सम्म २४ लाख रुपैयाँ नेट कमाएको छ ।
सोही अवधिमा टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल : डेड रेकोनिङ पार्ट वान’ले ५१ लाख रुपैयाँ नेट कमाएको छ । हलिउडको चर्चित मिसन इम्पोसिबल श्रृंखलाको यो सातौं सिक्वेलको कमाइ नेपालमा अपेक्षाभन्दा निकै न्यून हो ।
शुक्रबारदेखि हलिउडका दुई फिल्महरु ‘ओपेनहेइमर’ र ‘बार्बी’को प्रदर्शनले ‘मिसन इम्पोसिबल ७’ र ‘बगान’लाई थप चुनौतीपूर्ण हुने अनुमान गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4