
काठमाडौं । प्रभु बैंक लिमिटेड धुलिखेल शाखा र धुलिखेल डेन्टल केयर प्रालि बीच ग्राहकलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र डेन्टल केयरका प्रबन्ध सञ्चालक अमिर हमालले हस्ताक्षर गरे ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो डेन्टल केयरबाट सेवा लिएबापत बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडबाट भुक्तानी गर्दा सबै उमेर समूहका व्यक्तिको दाँतको उपचार शुल्कमा २० प्रतिशत छुट पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4