+
+

पार्टीमा प्रदीप पौडेलको प्रस्ताव : प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय बनाऔं

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १३:५८

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय हुनुपर्ने धारणा पार्टी बैठकमा राखेका छन् ।

केही संवैधानिक व्यवस्था संशोधनका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने उनले उल्लेख गरेका छन् । समावेशीताका आधारमा प्रतिनिधि सभा २०१ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न कांग्रेसले अगुवाई लिनुपर्ने उनले बताए । राष्ट्रिय सभाका सदस्यको संख्या ३५ मा झार्नुपर्ने पौडेलको मत छ ।

पार्टीबाट प्रधानमन्त्री र मुख्यमन्त्री दुईपटक भन्दा बढी हुन नपाउने व्यवस्था राख्नुपर्ने पौडेलको धारणा थियो । एउटा व्यक्तिले चारपटक भन्दा बढी टिकट नपाउने प्रावधान पार्टीमा राख्नुपर्ने पौडेलको मत थियो ।

पार्टीभित्रको समस्या उल्लेख गर्ने क्रममा नेता पौडेलले भने ‘पार्टीको स्वास्थ्य समस्या सिटामोलले हल हुने जस्तो देखिन्न् । कतिपय अवस्थामा यसको सर्जरीकै आवश्यकता छ ।’

११ महिनामा बैठक बसेकाले खुसी प्रकट गर्न नसक्ने भन्दै उनले आगामी दिनमा यस्तो नहोस् भनि आग्रह गरे ।

मास बेस्ड पार्टी कांग्रेस भएकाले सदस्यता खोज्नेले पाउनुपर्ने बताए । महामन्त्रीले खुला गरेको सदस्यता क्रियाशील नभएर साधारण सदस्यता रहेको उल्लेख गर्दै उनले दुईप्रकारका सदस्यता अन्त्यको माग गरे । ‘सदस्यता जसले खोजेको हुन्छ, त्यसले पाउनुपर्ने मास बेस्ड पार्टीमा हुनुपर्दछ,’ पौडेलले भने ।

टिकट वितरणको व्यवस्था प्राइमरी निर्वाचन मार्फत मातहतका संरचनाले आफैं छान्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने मत उनले राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?