+
+

स्कर्टिङ गरेर फोहोर लैजाने क्रममा सिसडोलमा प्रहरी र स्थानीयबीच झडप 

अमृत चिमरिया अमृत चिमरिया
२०८० साउन ५ गते १५:३०

५ साउन, काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर लैजाने क्रममा झडप भएको छ ।

शहरी विकास मन्त्रालय र काठमाडौं उपत्यकाका स्थानीय तहको अनुरोधमा प्रहरी स्कर्टिङमा फोहोर लैजाने क्रममा स्थानीयले अवरोध गरेपछि सिसडोल क्षेत्रमा झडप भएको स्थानीयले बताएका छन् ।

फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेका अनुसार काठमाडौंमा फोहोर लोड भएका गाडी लिएर नेपाल प्रहरीले स्कर्टिङमा लगेको थियो ।

तर, सिसडोलमै स्थानीयले रोकेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो । अहिलेपनि स्थानीयको अवरोधले फोहोरको गाडी अगाडि बढ्न नसकेको घिमिरेले बताए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?