+
+

सिरियलको छायांकनमा फर्किए बल्छी धुर्बे र भटभटे माइला

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १७:२०

काठमाडौं । वान-एक्स बेट प्रकरणमा एक महिना हिरासतमा बसेपछि बल्छी धुर्बे, राजु मास्टर, म्याकुरी, भट्भटे माइला लगायत आठ जना कलाकार र युट्युबर गत साता रिहा भए ।

जसमध्ये मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र बेगम नेपाली ‘भट्भटे माइला’ शुक्रबारदेखि काममा फर्किएका छन् । धर्मस्थलीमा छायांकन सुरु भएको टिभी सिरियल ‘हल्का रमाइलो’को छायांकनमा बल्छी धुर्बे सहभागी भए ।

‘आजदेखि काममा फर्कन पाउँदा उत्साहित छु र रमाइलो भइरहेको छ । भित्रको ह्याङ्ओभरलाई मेटाउँदै जाने हो अब । भएका गल्तीलाई बिस्तारै भुल्दै जानुपर्छ भन्नेतिर छु । भित्र बस्दा बोरिङ फिल भएको थियो,’ अनलाइनखबरसँग उनले भने ।

दर्शकले ‘हल्का रमाइलो’को यो एपिसोड आइतबार हेर्न सक्ने उनले बताए । तर ‘जुठे’को छायांकन सुरु हुन भने केही साता लाग्ने बल्छी धुर्वेले जानकारी दिए । हिरासतबाट रिहा भएका अर्का कलाकार बेगम नेपाली पनि शुक्रबारदेखि कलंकीमा सुरु भएको टिभी सिरियल ‘गाह्रो छ हो’को सुटिङमा जोडिए । ‘डेढ महिनापछि सबै कुरालाई बिर्सेर काममा फर्किने प्रयास गरेको छु । अब गल्ती नहोस् भनेर अघि बढ्ने हो,’ उनले भने ।

यतिबेला कलंकीको एक रोधीघरमा यो सिरियलको छायांकन भइरहेको छ । अहिले पनि राति निद्रामा बर्बराउने समस्या रहेको र आफू बिस्तारै ठीक हुने तर्फ रहेको उनले बताए । ‘भित्रका कुरा सुनेर म राति बर्बराउने रहेछु । दिउँसो पनि त्यही कुरा सम्झेर दुःख लाग्छ । अब बिस्तारै भुल्दै जाने हो,’ उनले भने । ‘गाह्रो छ हो’को १६० औं श्रृंखला अर्को साता प्रसारण हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?