
५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले निर्णय गर्दा प्रजातान्त्रिक प्रक्रिया पूरा नगरे गुनासो बाँकी रहिरहने बताएका छन् ।
केन्द्रीय समितिको बैठकमा बोल्दै सिंहले विधान नियमअनुसार चल्नुपर्ने कुरा आफूले १०औं महाधिवेशनदेखि गर्दै आएको सुनाए । पार्टीमा समस्या भयो भनेर मात्र नहुने भन्दै अब विधानले निर्देशित गरेका सबै काम गरेर अघि बढे मात्रै समस्या समाधान हुने बताए ।
नागरिकका पक्षमा पार्टीको प्रभावकारीता देखाउने र कार्यकर्तालाई चित्त बुझ्ने बनाउन विधानअनुसार चल्नुपर्ने बताए । ०४६ पछिको राजनीति सत्ता केन्द्रीत भएको सिंहले बताए ।
पार्टीको घोषणापत्र अनुसार काम नभएकोतर्फ सिंहले ध्यानाकर्षण गराए । पार्टीबाट बनेका जनप्रतिनिधि र पार्टी संरचनाबीचको समन्वयको समस्या देखिएको बैठकका सिंहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4