
काठमाडौं । ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अध्ययनरत तीन जना विद्यार्थी सर्वोत्कृष्ट नतिजा ल्याउने सूचीमा पर्न सफल भएका छन् । द ब्रिटिस कलेजको भागिनी संस्था बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउने सूचीमा आफ्नो नाम राख्न पुनः सफल भएका हुन् ।
बीपीसीमा अध्ययनरत विद्यार्थीहरु दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुन महिनामा भएको ‘ट्याक्सेसन’ विषयको परीक्षामा उत्कृष्ट नतिजा ल्याएका हुन् । थापाले ९८ प्रतिशत अंक ल्याएर विश्वकै दोस्रो स्थान हासिल गरे भने ९७ प्रतिशत अंक ल्याएर शाह तेस्रो भए । त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रशित अंक ल्याएर दोस्रो स्थान हासिल गरेका छन् ।
यसअघि बीपीसीमा अध्यायन गरेका विद्यार्थीहरु रिया मानन्धर र रेजिका महर्जन दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए। पूर्वविद्यार्थीहरुको पाइला पछ्याउँदै यस पटक पनि कलेजका तीन विद्यार्थीहरुले राम्रो नतिजा ल्याएका हुन्।
एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो। विश्वका १७९ देशमा फैलिएको एसीसीएमा ५ लाख ३५ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । तसर्थ, बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले विश्वस्तरको नतिजा ल्याउनु अविश्वसनिय उपलब्धि भएको कलेजको भनाइ छ ।
कार्यकारी प्रिन्सिपल, प्रोफेसर मेरी विशपले कठिन परीक्षामा विद्यार्थीहरुको नतिजा असाधरण रहेको बताइन् । एसीसीए फेलो तथा एसीसीए ग्लोबल लर्निङकी पूर्व निर्देशक समेत रहेकी उनले भनिन्, ‘यो परीक्षा निकै कठिन हुन्छ, यस्तो परीक्षामा विश्वकै उत्कृष्ट बन्नु असाधरण हो।’
विद्यार्थीहरुको सफलताबारे बोल्दै ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले आफूहरुले निरन्तर स्तरीय शिक्षा प्रदान गरिरहेको बताए । उनले भने, ‘हामी गुणस्तरिय शिक्षामा केन्द्रित रहेको कुरा यी नतिजाहरुबाट पनि प्रष्ट हुन्छ। यही उपलब्धिका कारण अब हामीले सीमित संख्यामा मात्रै भर्नाहरु लिने गरेका छौं ।’
प्रतिक्रिया 4