+
+

नेपालको पुलिसिङ बुझाउने पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १९:३४

५ साउन, काठमाडौं । नेपालको पुलिसिङ शैलीमाथि लेखिएको पुस्तक ‘इनह्यान्सिङ पुलिसिङ इन नेपाल’ एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

उपत्यका अअपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रमुख डा. मनोज केसीले लेखेको पुस्तक शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका अध्यक्ष बालानन्द शर्मा, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सेन्टर अफ पिस एण्ड कन्फिल्क्ट स्टडिजका अध्यक्ष डा. एमममा लेस्लीले विमोचन गरे ।

समारोहमा बोल्दै नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्माले डा. केसीले लेखेको पुस्तक सम्भवतः नेपालको पुलिसिङ शैलीमाथि लेखिएको पहिलो पुस्तक भएको बताए ।

‘यो व्यक्तिगत रुपमा डा. केसीका लागि ठूलो सफलता त हो नै, संगठन र राष्ट्रका लागि पनि महत्वपूर्ण योगदान पुगेको छ’, शर्माले भने, ‘पुस्तकमा केसीले द्वन्द्वपछिको परिस्थितिमा प्रहरीले आफ्नो ढाँचा र पुलिसिङमा कसरी परिवर्तन ल्याउने भन्ने विषयमा पनि सुक्ष्म विश्लेषण गरेका छन् ।’

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवामा रहेकै बेला बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा पनि योगदान दिनका लागि समय निकालेको भन्दै केसीको प्रशंसा गरे ।

आमजनताको बुझाइमा प्रहरी भनेको अझै पनि फिल्डमा गएर ढाल, डन्डा, लठ्ठी र बन्दुक बोकेर खट्ने संगठन भन्ने रहेको भन्दै उनले भने, ‘यस पुस्तकले त्यो बुझाइ परिवर्तन गराउन भूमिका खेल्नेछ भन्ने विश्वास छ ।’

यो पुस्तक नेपाल प्रहरीका लागि मात्र नभइ अन्य मुलुकका सुरक्षा संगठनका लागि पनि सन्दर्भ सामग्री भएको कुँवरले बताए । तथ्यांक संकलन र अनुसन्धान गरेर पुस्तक लेखेको भन्दै शान्ति तथा द्वन्द अध्ययन केन्द्र कम्बोडियाकी अध्यक्ष डा. ईम्मा लेस्लीले केसीलाई धन्यवाद दिइन् ।

केसी विगत २५ वर्षदेखि नेपाल प्रहरीसँग आबद्ध छन् । उनसहितका अधिकृतहरूको नेतृत्वमा नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी अनुसन्धान अघि बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?