+

मेसीले डेब्यु खेलमै गोल गर्दा इन्टर मियामी विजयी

२०८० साउन  ६ गते ९:०६ २०८० साउन ६ गते ९:०६
मेसीले डेब्यु खेलमै गोल गर्दा इन्टर मियामी विजयी

६ साउन, काठमाडौं । लिओनल मेसीले डेब्यु खेलमा अन्तिम समयमा गोल गरेपछि इन्टर मियामी विजयी भएको छ ।

लिग कप साउथ अन्तर्गत समूह सी को खेलमा मेसीले इन्जुरी टाइमको चौथो मिनेटमा फ्रिकिकमार्फत गोल गरेपछि इन्टर मियामीले क्रुज अजुललाई २-१ ले पराजित गरेको हो ।

उनी डेब्यु खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

त्यसअघि थोमस टेलरले ४४औं मिनेटमा गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । क्रुजका उरियल अन्टुनाले ६५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

तर मेसीले इन्जुरी टाइममा गोल गर्दै इन्टर मियामीलाई नाटकिय जित दिलाए । मेसी यसै समरमा पेरिस सेन्ट जर्मेन छाडेर मेजर सकर लिग क्लब इन्टर मियामी पुगेका हुन् ।

इन्टर मियामी लिओनल मेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय