+
+

प्रहरीको निष्कर्ष : लुटेरा समूहको प्रतिकार गर्दा रोहितको हत्या

हरि अधिकारी हरि अधिकारी
२०८० साउन ६ गते १०:४१

६ साउन, विराटनगर । लुटपाट गर्ने उद्देश्यले विराटनगरका रोहित चौधरीको हत्या भएको प्रहरीले प्रारम्भिक अनुसन्धानपछि निष्कर्ष निकालेको छ ।

विराटनगर-५ का २८ वर्षीय चौधरीको एक समूहले सुनसरीको इटहरी-धरान सडक खण्डको जंगल क्षेत्रमा गोली हानी हत्या गरेका थियो ।

शुक्रबार बेलुका साथीसँग मुलघाट पुगेर फर्कंदै गर्दा सेउती पुल नजिकै तीन जनाको समूहले लुटपाट गर्न खोजेको थियो । प्रतिकार गर्दा उनीमाथि गोली प्रहार भएको पाइएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले बताए ।  हत्या गरी जंगलतर्फ भागेको समूहको खोजी भइरहेको उनले बताए ।

प्रहरीका अनुसार घटनामा चौधरीकी केटी साथी सामान्य घाइते भएकी छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । ‘मुलघाटबाट फर्कने क्रममा सेउती पुल कटेपछि बाइक रोकेर पानी खान खोज्दा पानमारा तिरबाट आउने बाटोमा लुटपाटको प्रयास भएको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘प्रतिकार गर्दा चौधरी माथि गोली प्रहार भएको देखिन्छ ।’

गोली लागि गम्भीर घाइते भएका चौधरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शुक्रबार बेलुका नै मृत्यु भएको थियो ।

मृतक चौधरी विराटनगरको नोबेल मेडिकल कलेजका प्राविधिक कर्मचारी हुन् ।

हत्यामा लागुऔषध प्रयोगकर्ताको संलग्नता भएको हुनसक्ने प्रहरीको आशंका छ । हत्यामा संलग्नहरुको खोजी भइरहेको डिएसपी राईले बताए । घटनापछि प्रहरीले शंकास्पदमाथि निगरानी बढाएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?