+
+

कम्युनिष्टलाई एकै ठाउँमा ल्याउन हरेस खानु हुँदैन : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते ११:११

७ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा ल्याउन हरेस खान नहुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसमा कीर्तिपुरमा आयोजित कार्यक्रममा उनले सबै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनुपर्ने बताए ।

अहिले कम्यनिष्ट पार्टीहरु आफ्ना-आफ्ना पसल थापेर बसेको बताउँदै उनलेे मिल्न सक्ने, सहकार्य गर्न सक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताए ।

कम्युनिष्टहरुलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने र जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्शान हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?