+
+
कांग्रेस केन्द्रीय समिति बैठक :

गुट फेर्दा पनि सम्मानजनक व्यवहार भएन : भीम पराजुली

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते ११:५९

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले एक गुटको नेता अर्को गुटमा जाँदा सम्मानजनक व्यवहार नगरिएको गुनासो गरेका छन् ।

केन्द्रीय समितिको आइतबार बोल्ने क्रममा पराजुलीले आफू गुटको शिकार भएको बताए ।

गत चुनावमा प्रदेश सभा सदस्य जितेका उनले पार्टी भित्रकै नेताहरुले आफूलाई हराउन लागेको आरोप लगाए । पार्टीभित्र विश्वसनीय कारबाहीको अवस्था नरहेकाले कारबाहीको सिफारिस नगरेको उनले बताए ।

‘अरु पार्टीका नेताहरुसँग समधुर सम्बन्ध राख्ने तर आफ्नै पार्टीका नेता कार्यकर्तासँग दुश्मन जस्तो व्यवहार गरेको देखिन्छ,’ पराजुलीले भने ।

९४ प्रतिशत ओमकार परिवार रहेकाले धार्मिक स्वतन्त्रता सहितको वैदिकता कांग्रेसले अबलम्बन गर्नुपर्ने पराजुलीले बताए । उनी भन्छन्, ‘कांग्रेसले धर्म र संस्कृति विभाग छुट्टै गठन गर्नुपर्दछ ।’

पराजुलीले तरुण दलमा ४०, नेविसंघमा ३२, महिला संघ ४५ वर्षको उमेर हद राख्नुपर्ने प्रस्ताव पार्टीमा राखेका छन् । युवालाई महाधिवेशन प्रतिनिधि संख्या बढाउन छुट्टै आरक्षणको व्यवस्था गरेर १८ देखि ४० वर्ष उमेर समूहको संख्या बढाउनुपर्ने पराजुलीले बताए । ‘केन्द्रीय समितिमा पनि सोही अनुसारको आरक्षणको व्यवस्था मिलाउनुपर्दछ ’ पराजुलीले भने । गुनासो र समस्या सुन्ने छुट्टै संयन्त्र बनाउनुपर्ने राय दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?