
पाइल तस्वीर
७ साउन, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका छन् । श्रीलंका भ्रमण सकेर उनी काठमाडौं आएका हुन् ।
युआन सीपीसीका उच्च तहका नेता हुन् । तीन दिन काठमाडौं रहँदा उनले नेपालका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन् । यद्यपि प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भने भेटवार्ता हुनेछैन ।
शनिबार नै प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान गरिसकेका छन् । तर युआनको यो भ्रमणमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे समेत छलफल हुने तयारी रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4