
७ साउन, काठमाडौं । सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित सूचना प्रविधि लगायत उद्योग/व्यवसायलाई साथ दिने गरी नेपाल राष्ट्र बैंकले मौद्रक नीति सार्वजनिक गरेको छ ।
यस्तो उद्योग–व्यवसायले तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न, सफ्टवेयर वा प्रोग्राम खरीद तथा उपकरण जडान गर्ने काम, विदेशी निकायलाई भुक्तानी गर्न वा आफ्नै विदेशस्थित खातामा रकमान्तर गर्ने काम अब वाणिज्य बैंकहरुमार्फत नै गर्न सक्ने भएका छन् ।
यसका लागि उद्योग व्यवसायले गरेको विदेशी मुद्रा आर्जनको निश्चित प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा तोकिएका कागजातका आधारमा वाणिज्य बैंकबाट नै उपलब्ध हुने व्यवस्था गरिने घोषणा मौद्रिक नीतिले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4