
७ साउन, काठमाडौं । बैंक खातामै रेमिट्यान्स पठाउँदा थप एक प्रतिशत ब्याज पाइने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले यथावत राखेको छ ।
आइतबार चालु आर्थिक वर्षको मौद्रीक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्थालाई निरन्तरता दिएको हो ।
‘बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तीमा एक प्रतिशत थप व्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको छ,’ केन्द्रीय बैंकले भनेको छ ।
यस्तो व्यवस्थाअनुसार नेपालमा रहेको बैंक खातामा रेमिट्यान्स रकम पठाउँदा बैंकमा रहेको भन्दा एक प्रतिशत बढी ब्याज सेवाग्राहीले पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4