+
+

२०८४ मा गठबन्धन गर्ने कि नगर्ने अहिल्यै निर्णय गर्नुपर्दैन : बद्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १६:४९

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले २०८४ सालमा पार्टी एक्लै प्रतिस्पर्धा गर्ने कि गठबन्धन बनाउने अहिले नै निर्णय गर्नुनपर्ने बताएका छन् ।

आइतबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा सहमहामन्त्री पाण्डेले भने, ‘एक्लै लड्ने कि गठबन्धन गर्ने अहिले निक्र्यौल गर्नुपर्दैन । पार्टी बलियो बनाउँदै गयौं भने एक्लै लड्नुपर्ने जनमत छ । पार्टी बनाउनतिर लागौं ।’

संस्थापनइतरका नेता डा. शेखर कोइरालाले यसै बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गर्नुपर्ने तर्क राखेका थिए । तर पाण्डेले कोइरालाले भन्दा फरक मत राखेका हुन् ।

भ्रष्ट्राचार विरुद्ध वर्तमान सरकारले गरेका कामको कांग्रेसले स्वामित्व लिन नसकेको पाण्डेको निष्कर्ष छ । अहिलेको प्रधानमन्त्री कांग्रेसले नै बनाएको भन्दै उनले मन्त्रिपरिषदका कुनै सदस्यले गरेको राम्रो कामको स्वामित्व पनि कांग्रेसले लिनुपर्ने धारणा राखे ।

केन्द्र र प्रदेशका बजेटप्रति आमनागरिक तथा जनप्रतिनिधि र सांसदहरु स्वयं असन्तुष्ट रहेको उनले बैठकमा सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?