+
+

दुई महामन्त्रीको लोकप्रियताको ग्राफ घटेको छ : भीष्मराज आङ्देम्बे

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १६:४५

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले दुई महामन्त्रीको लोकप्रियताको ग्राफ घटेको दाबी गरेका छन् । केन्द्रीय समितिको बैठकमा धारणा राख्दै आङदेम्बेले सिनियर नेताहरुको भने लोकप्रियताको ग्राफ बढेको बताए ।

‘युवा नेताहरुको लोकप्रियताको ग्राफ अलिकति घटेकै छ । सिनियर लिडरसीपकै लोकप्रियता बढेको छ । बढ्नेले कायम राख्ने घट्नेले बढाउने गर्नुपर्छ,’ आङदेम्बेले भने ।

दुई महामन्त्रीहरुलाई बैठकमा अनेक प्रश्न उठेको प्रशंग निकाल्दै उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बल्ल नेता भएको जस्तोे आफूलाई लागेको उनले बताए ।

गठबन्धन टुटेपछिको समय अप्ठ्यारोपूर्ण रहेको उनले बैठकमा सुनाए । ‘त्यो दुई महिना साँच्चै टफ थियो । जितेर आउने साथीहरु डिप्रेसनमा जाला भन्ने पीर भइसकेको थियो,’ आङदेम्बेले भने, ‘अब निराशा बाँड्ने छुट कांग्रेसलाई छैन ।’

एकले अर्कालाई दोषारोपण मात्रै गरिरहने हो भने काहीँ नपुगिने उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?