+

महिला विश्वकपमा भान डेर ग्राटको गोलमा नेदरल्याण्ड्स विजयी

२०८० साउन  ७ गते १७:२७ २०८० साउन ७ गते १७:२७
महिला विश्वकपमा भान डेर ग्राटको गोलमा नेदरल्याण्ड्स विजयी

७ साउन,  काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको महिला विश्वकप फुटबलमा नेदरल्याण्ड्सले विजयी सुरुवात गरेको छ ।

समूह ई अन्तर्गत न्युजिल्याण्डको डुनेडिन स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सले डेब्युटान्ट पोर्चुगललाई १-० ले हरायो ।

पहिलो हाफमाना स्टेफानी भान डेर ग्राटले गरेको गोल नै नेदरल्याण्ड्सको जितमा निर्णायक बन्यो ।

ग्राटले १३औं मिनेटमा गोल गरेकी थिइन् । जितपछि नेदरल्याण्ड्सले अमेरिका समान ३ अंक जोडेको छ ।

गोल अन्तरका आधारमा अमेरिका शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स दोस्रो स्थानमा छ ।

महिला विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय