+
+

वित्तीय संस्थाका ऋणीहरुको काठमाडौंमा प्रदर्शन (तस्वीरहरु)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० साउन ७ गते १७:२९

७ साउन, काठमाडौं । लघुवित्त तथा अन्य वित्तीय संस्थाको ऋणमा परेका सर्वसाधारणले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरुले लघुवित्तको चर्को ब्याजका कारण ऋण तिर्न नसकेको, आफूहरुको जायजेथासमेत धरापमा परेको भन्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले काठमाडौंको माइतीघरबाट सुरु गरेको विरोध र्‍याली त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क हुँदै भद्रकालीमा आएर सकिएको थियो ।

र्‍यालीका सहभागीहरुले लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने, बैंकको बाउन्स चेक रद्द गर्नुपर्ने, कपाली तमसुकहरु खारेज गर्नुपर्नेलगायतको नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

हेर्नुहोस् थप तस्वीरहरू :

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?