+
+

‘अदालतमा विचाराधीन मुद्दामा दबाब दिएर हाम्रै साथीले प्रभावित पार्न खोजे’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १७:४८

७ साउन, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विरुद्धमा पार्टीभित्रैबाट लागेको बताएकी छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा सहमहामन्त्री डिनाले अदालतलाई नै प्रभाव पार्ने गरी खाँणको विषयलाई पार्टीका केही व्यक्तिहरुले उठाइरहेको बताइन् । ‘हाम्रै एक जना साथीलाई आरोप लगाइएको छ । न्यायालयमा विचाराधीन मुद्दा रहेको छ’ डिनाले भनिन्,‘यो आरोपलाई प्रमाणित गराउन हाम्रै साथीहरुले दबाब दिनुभएको छ । यो न्यायालयको काम हो । केही साथीहरुले दबाब दिएर न्यायालयलाई प्रभावित पार्न खोज्नुभएको छ ।’

पार्टीका नेताहरु विरुद्ध अभिव्यक्ति दिनेहरुलाई छानबिनको दायरामा ल्याउनका लागि उनले सभापति शेरबहादुर देउवासँग आग्रह गरिन् । जबर्जस्ती फसाउने कार्यमा पार्टीकै साथीहरु लागेको उनले बताइन् ।

केन्द्रीय नेता मात्रै नभई जिल्ला तहका कोही नेता कार्यकर्तालाई आरोप लागेमा उनीहरुको पक्षमा उभिने कि नउभिने? भनी प्रश्न गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?