
७ साउन, जापान । जापानमा शनिबार सुरु भएको दुईदिने नेपाल फेस्टिबल आइतबार सकिँदैछ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल फेस्टिबलमा नेपालको कला र संस्कृतिलाई जापानीहरु माझ चिनाउने उद्देश्य राखिएको छ ।
फेस्टिबलको पहिलो दिन पञ्चेबाजा, लोक भजन, लाखे नाच, नृत्य गायन प्रस्तुत गरिएको थियो । फेस्टिबलको आर्कषणको रुपमा नेपालको परम्परा, धर्म र संस्कृति झल्कने घर बनाइएको छ ।
फेस्टिवलमा व्यापारिक, नेपाली खाना र कपडाका स्टलहरु राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4