+
+

नेपाली बालबालिकाले फिलिपिन्समा जिते दुई शीर्षसहित पाँच उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १३:१५

काठमाडौं । फिलिपिन्समा आयोजित ‘क्राउन्ड एम्बेसडर इन्टरनेसनल २०२३’ मा नेपाली बालबालिकाले दुई शीर्षसहित पाँच उपाधि नेपाल भित्र्याउन सफल भएका छन् ।

राजधानी मनिलामा हालै सम्पन्न प्रतियोगितामा नेपालका तर्फबाट सहभागी संयक श्रेष्ठले ‘योङ प्रिन्स क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ को शीर्ष उपाधि जित्दा लावेन लिम्बूले ‘योङ प्रिन्सेस क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’को शीर्ष उपाधि हात पारिन् । यही प्रतियोगिताअन्तर्गत दर्शना संग्रौला फस्ट रनरअप भएकी छन् ।

सोही कार्यक्रममा आयोजित ‘टिन क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’मा रिदिमा नेपालले फस्ट रनरअपको उपाधि जित्दा सिजना प्रधानले भने ‘योङ प्रिन्सेस क्राउन्ड एम्बेसडर कल्चर इन्टरनेसनल’ सबटाइटल प्राप्त गरिन् ।

सहभागिता सबै प्रतियोगी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका विभिन्न सौन्दर्य प्रतियोगिताका विजेता थिए । नेपाली बालबालिकाले प्राप्त गरेको उपाधि देशका लागि ठूलो उपलब्धि भएको रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा फेसन कोच राज फैजुले बताए ।

‘प्रतियोगितामा सहभागीले नेपालको संस्कृति, भेषभूषा चिनाउनुका साथै उपाधि जितेर मुलुकको नाम पनि उचो बनाएका छन्,’ फैजुले भने, ‘यस्ता बालबालिकालाई राज्यले पनि प्रोत्साहन गर्नुपर्छ ।’ यस्तो कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुर्‍याउने उनले बताए ।

तीन महिने प्रशिक्षण लिएर नेपाली बालबालिकाले प्रतिस्पर्धामा भाग लिएका थिए । जसका लागि फैजुले ग्रुमिङ, नृत्य निर्देशक संयुक्त स्थापितले नृत्य र फेसन डिजाइनर श्रीषा बैदारले फेसनसम्बन्धी प्रशिक्षण दिएका थिए । विजेता सबै बालबालिका आइतबार साँझ नेपाल फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?