+

साफ यू-१६ च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्दी बंगलादेश

२०८० साउन  ८ गते १५:४४ २०८० साउन ८ गते १५:४४
साफ यू-१६ च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्दी बंगलादेश

८ साउन, काठमाडौं । आगामी सेप्टेम्बर १ देखि १० सम्म भुटानमा आयोजना हुने साफ यू-१६ च्याम्पियनसिपमा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार जारी गरेको खेल तालिका अनुसार समूह ए मा रहेको नेपालले पहिलो खेल बंगलादेशसँग सेप्टेम्बर ३ मा खेल्नेछ । खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुनेछ । यस्तै नेपालले समूहको अर्को खेल भारतसँग सेप्टेम्बर ५ मा खेल्नेछ ।

भुटान, माल्दिभ्स र पाकिस्तान समूह बी मा छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल सेप्टेम्बर ७ र फाइनल खेल सेप्टेम्बर १० मा हुनेछ ।

अहिलेसम्म साफ यू-१६ च्याम्पियनसिसप ७ पटक हुँदा नेपालले उपाधि जित्न सकेको छैन । चार पटक फाइनल पुगेको भारत चारै पटक भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो । नेपाल एक पटक तेस्रो र एक पटक चौथो भएको थियो । एक पटक भने नेपाल संयुक्त रुपमा तेस्रो भएको थियो ।

गत वर्ष श्रीलंकामा भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग ४-० ले पराजित हुँदै उपविजेता बनेको थियो ।

खेलकुद यु-१६ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय