
८ साउन, दाङ । दाङमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई दाङको शान्तिनगर गाउँपालिका–७ मामाघरमा बस्दै आएका १६ वर्षीय मनोज वली रहेका छन् ।
सोमबार बिहान १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्ले जानकारी दिए ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4