
८ साउन, बाजुरा । बाजुरामा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या भएको छ । एम्बुलेन्स चाहिने सिकिस्त बिरामीलाई पनि बस तथा जिपमा अस्पताल लैजाने गरिएको छ ।
जिल्ला अस्पताल बाजुराको एउटा, बूढीगंगा नगरपालिका २ वटा एम्बुलेन्स र बडीमालिका नगरपालिकाको एउटा एम्बुलेन्स बिग्रेको छ ।
ती एम्बुलेन्स बिग्रेका धेरै समय भइसक्दा पनि पालिकाले नयाँ खरिद गर्ने तथा मर्मतमा कुनै ध्यान दिएको छैन् ।
हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिका एम्बुलेन्स भने गाउँपालिकामै छन् । मार्तडी कोल्टी सडकखण्ड वर्षाले बिग्रिएकाले पालिकामै थन्किएका छन् ।
जिल्ला अस्पताल बाजुराको एम्बुलेन्सले केही सहजता दिएको थियो, त्यो पनि पटक पटक बिग्रने भएका कारणले बिरामीले निकै समस्या भएको स्थानीयबासिन्दाले वताएका छन् ।
एम्बुलेन्स नहुँदा बिरामी मात्र नभइ गर्भवती तथा सुत्केरीलाई पनि जिप तथा बसमा उपचारमा लैजानु परेको बूढीगंगा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाहले वताएका छन् ।
एम्बुलेन्स भएको भए स्वास्थ्य चौकीमा बिरामी लैजान सहज हुने गरेको थियो, एम्बुलेन्स नहुँदा अक्सिजन चाहिने बिरामीलाई निकै समस्या भएको स्वास्थ्यकर्मीले वताएका छन् ।
प्रतिक्रिया 4