
८ साउन, चितवन । पश्चिम चितवनको मेघौलीमा बाघको आक्रमणबाट सोमबार दिउँसो १ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं. २८ को कोटेनीस्थित अन्द्रौली भन्ने ठाउँमा माछा मार्न गएका २६ बर्षीय आशबहादुर बोटेको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
आक्रमण गर्ने बाघको खोजीका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली पुगेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
बाघले मारेर छाडेको हिडेकोले बाघको खोजी गरिएको उनले जानकारी दिए । चालु आर्थिक बर्षमा बाघको आक्रमणबाट मृत्य भएको यो नै पहिलो घटना हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4