
८ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई जवाफ फर्काएका छन् ।
कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा राणाले महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन ‘एनजीओको विसलिष्ट’ जस्तो भनेकी थिइन् ।
आफ्नो पालोमा बोल्ने क्रममा थापाले केही साथीले प्रतिवेदनलाई ‘एनजीओको विसलिष्ट’ जस्तो भनेको भन्दै थपे, ‘एनजीओमा काम नगरेको हुनाले त्यति अनुभव त छैन । तर यो आम पार्टी साथीहरुको ‘विसलिष्ट’ हो ।’
पार्टी संगठन सक्रिय बनाउने उद्देश्य आफ्ने प्रतिवेदनमा रहेका थापाले दाबी गरे ।
‘अहिलेको अवस्थाले पार्टी चल्दैन यसलाई सुधार्नै पर्छ । संगठन सक्रिय हुने सोचेर प्रस्तुत गरिएको हो,’ थापाले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4