+
+

विराटनगरमा खुल्यो पावरोल डिजेल जेनेरेटरको डिलर

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १८:४५

काठमाडौं । नेपालका लागि पावरोल डिजेल जेनेरेटरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले महिन्द्रा पावरोल डिजेल जेनेरेटरको डिलर विराटनगरमा सञ्चालनमा ल्याएको छ ।

अग्नि ग्रुपका म्यानेजिङ डाइरेक्टर क्याबिनेट श्रेष्ठले महिन्द्रा पावरोल जेनेरेटरको डिलरको बुधबार उद्घाटन गरेका हुन् । महिन्द्रा पावरोल नेपालको जनेरेटर उद्योगमा अग्रणी रहनुका साथै सबैको रोजाइमा रहेको उनले बताए ।

कार्यक्रममा प्याक्ट पावरका एमडी दर्शन कार्कीले महिन्द्रा पावरोल डिजल जेनेरेटरहरूले ध्वनि प्रदूषण कम गर्नुका साथै अधिक इन्धन कुशलता प्रदान गर्ने दाबी गरे । ग्राहकको सन्तुष्टि एवम् बिक्री पछिको सेवाहरूमा विशेष ध्यान दिएकोले ग्राहकको छनोटमा जेनेरेटर पर्दै आइरहेका उनले बताए ।

अग्नि ग्रुपसँग पावरोलको विराटनगरका लागि डिलरसीप भने एमएस प्याक्ट पावर प्रालिले लिएको छ ।

अग्नि ग्रुपले महिन्द्रा युटिलिटी भेहिकल, ट्राक्टर तथा इलेक्ट्रिक सवारीसाधनहरूको आयात तथा वितरण गर्दछ ।

देशभर महिन्द्रा पावरोल डिजल जेनेरेटरले विद्युतीय शक्तिको आवश्यकतालाई पूरा गर्दै आइरहेको र नेपालको जनेरेटर बजारमा एक प्रतिष्ठित ब्राण्डको छाप बनाएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार महिन्द्रा पावरोल जनेरेटरहरू ५ केभीएदेखि ६२५ केभीएसम्मका २८ मोडेलमा उपलब्ध छन् । पावरोल जनेरेटरहरूले विश्वस्तरीय महिन्द्रा इन्जिन र लेरोय-सोमरको अल्टरनेटर यूरोपेली प्रविधिबाट सुसज्जित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?