
८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं १६ वनस्थलीमा विद्युत प्राधिकरणको कार्यालयको पर्खाल भत्काएको छ ।
वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजाल आफैं उपस्थित भएर प्राधिकरणको पर्खाल भत्काएका हुन् ।
नगर प्रहरी निरीक्षक ईश्वरी वाग्लेका अनुसार काठमाडौं महानगरभित्र ७ फिट भन्दा अग्लो पर्खाल बनाउन नपाइने व्यवस्था छ । ‘५ फिट पर्खाल त्यसपछि तारबार बढीमा दुई फिटसम्म अग्लो बनाउन पाउने महानगरको मापदण्ड छ । सोही अनुसार वडा कार्यालयले चिठी दिँदा पनि प्राधिकरणको बनस्थली कार्यालयले बेवास्ता गरेपछि आज हामीले भत्काएका हौं’ वाग्लेले भने ।
उनले विद्युत प्राधिकरणको पर्खाल १५ फिट जति अग्लो रहेको बताए । ‘१५ फिट जति उचाइको ७० फिट लामो पर्खाल आज भत्काएका छौं, उहाँहरुले नभत्काउन भनेपनि वडाध्यक्षको आदेशमा भत्काएका हौं’, वाग्लेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4